Friday, February 20, 2015

कतारमा तलब ग्यारेन्टी

नदिने कम्पनीलाई जेल र जरिवाना

कतार – कतारले कामदारलाई तलब नदिने कम्पनी वा स्पोन्सरलाई जेल र जरिवाना लगाउने गरी नयाँ नियम जारी गरेको छ । सरकारी अधिकारीहरुले यो नियमलाई कामदारको तलब सुरक्षा गर्न चालिएको महत्वपूर्ण कदमको रुपमा हेरेका छन् ।

कतारी अमिर शेख तमिम बिन हमाद अल थानीले कामदारको तलब सुरक्षा सम्बन्धी नियम बुधबार पारित गरेका हुन् । यो सरकारी ‘गजेट’मा राखिएपछि औपचारिक रुपमा कार्यान्वयनमा आउनेछ ।
कामदारको तलब पाउने ग्यारेन्टी नभएको भन्दै अन्तर्राष्ट्रिय समुदायले कडा आलोचना गरेपछि कतारले यो नियम लगाएको हो । कतारले अझै कामदारको हितका लागि अरु विषय पनि सम्बोधन गर्ने प्रयास जारी रहेको बताएको छ । नयाँ नियमअनुसार कम्पनीले कामदारको तलब अनिवार्य रुपमा बैंकबाट भुक्तानी गर्नुपर्नेछ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस