Wednesday, February 18, 2015

सफल हुुन पालना गर्नुपर्ने ४ कुरा

दिन दिनैको मेहेनतले पनि प्रमोसन भएन, वा तलब बढेन भनेर चिन्तित हुनु हुन्छ? अफिसमा कामको दबावले सहकर्मी तथा काम प्रतिनै क्रोध त सिर्जना गर्दै हनुहुन्न? यदि काम गर्दा वा गराउँदा झर्कने गर्नुहुन्छ भने गलत गर्दै हुनुहुन्छ।


काम प्रति निष्ठावान हुनु भनेको एकटकले काम गर्ने भन्ने हैन, बरु त्यो काम तपाइले कति मनले गर्दै हुनुहुन्छ भन्ने मापन गर्ने तरिका हो 'निष्ठा'।



काम गर्दा यि ४ महत्वपुर्ण कामहरु ध्यान दिऔं

१. काम गर्ने ठाँउमा आवेगमा आउने वा रिसाइहाल्ने वानी हटाऔं।

२. आफ्नो शुभचिन्तकको कुरा सुन्ने बानी बसालौं।

३. घमण्ड र रिसले तपाइलाइ कहिल्यै राम्रो गर्दैन, कसरी हुन्छ रिस त्याग्न तिर सोचौं।

४. मिठो बोल्ने तथा शान्त भएर अरुको कुरा पनि सुन्दै बोल्ने बानी गर्औ।

आजभोली केवल परिणाम मै केन्द्रित हुने बानी धेरैको छ, जब कामको परिणाम राम्रो आउदैन तब रिसाउने परम्परा नै चलेको छ। काम सकिसक्यो अब रिसाएर, फन्किएर, झन्किएर के फाइदा। बरु परिणाम आउनुपुर्व नै तन-मन लगाएर शान्त मनले काम प्रति केन्द्रित भइ पुरा समय त्यसैमा बिताइयो भने काम त पक्का बन्छ बन्छ साथै पछि काम बनेन, मेहेनत खेर गयो भनि रिसारहने अवस्था नै सिर्जना हुदैन।

रामायणको रावणबाट पनि यि ४ कुराहरुको महत्व बुझ्न सकिन्छ।

रावण अरु कसैका कुरा सुन्थेनन्। आफ्नै सोच र निर्णय नै सर्वेपरि ठान्थे रावण। कुरै पिच्छे रिसको आगो ओकल्थे उनी। रावणको अहंकार को अगाडी कसैको केहि लाग्थेन। विभिषण, माल्यवत, शुक जस्ता मानिसहरुले रामसंग सन्धि गर्न नभनेका पनि हेनन्। रावणलाइ जस-जसले सल्लाह दिन्थे ति सबैलाइ निकालिदिन्थे वा मारिदिन्थे। रावणले कहिल्यै आफ्ना शुभचिन्तकको कुरा सुनेनन्। अन्ततः रामको हातबाट उसको कुलकै नाश भयो।

रिस र आवेगमा आइ काम गर्दा वा कसैलाइ आफ्नो रिसाहा प्रवृति देखाउदा कसैलाइ फाइदा हुदैन। अब राम बन्ने कि रावण बन्ने तपाइको मनको कुरा हो।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस