Thursday, February 19, 2015

सजाय सकिएपछि पनि संजय दत्त अझै ४ दिन जेल बस्ने

फागुन ७,
काठमाडौ/फागुन : महाराष्ट्रका गृह मन्त्री राम शीन्देले नायक संजय दत्तको जेलको सजायमा ४ दिन थपिएको छ । सिन्देका अनुसार उनले नायक संजय दत्त जेलबाट छुटकारा पाउने समयभन्दा ४ दिन बढी जेलबाट बाहिर बसेका थिए ।
शीन्देले संजय जेलबाट ८ जनवरीमा सकिने थियो र उनलाई सूर्यास्त हुनुअघि आत्मसमर्पण गर्नुपेर्ने थियो । किनकी संजयको छुट्टी बढाउनका लागी गरिएको आवेदनको फैसला रोकिएको थियो । उनको छुट्टी बढाउने आवेदन दुई दिनपछि खारेज गरिएको थियो तर, संजय ४ दिनसम्म जेल बाहिर बसेका थिए ।
शीन्देले गल्ती गरेका जेलका अधिकारीहरुविरुद्ध विभागीय जाँच गर्ने आदेश दिइएको बताए । उनले उनीहरूविरूद्ध कारबाही गरिने समेत दावी गरे । शीन्देले जेलको नियममा स्पष्टता आवश्यक रहेको बताएका छन् । उनले अघील्लो विधानसभा शत्रमा त्यसमा परिवर्तन गरिने बताएको समाचारहरूमा जनाइएको छ ।
शीन्देले २० डिसेम्बर २०१४ देखी १ जनवरी २०१५ सम्म ३२ कैदीलाई छुट्टी दिइएको थियो । जबकी सामान्य परिस्थितिमा छुट्टीमाथी फैसला गर्नका लागि ४५ दिनको समय लाग्छ तर, दत्तको सम्बन्धमा १ सय १३ दिनको समय लागेको थियो । उनले यस सम्बन्धमा जाँचको आदेश दिएको बताएका हुन् । जाँच पछि प्राप्त प्रतिवेदन अनुसार ८ दिनभित्र कारबाही गरिने बताएका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस