Saturday, February 28, 2015

बाघ दुव्लाएर विरालो हुदैन : भट्टराई



काठमाडौँ । एकिकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराइले एकिकत नेकपा माओवादी केहि सानो भए पनि शक्ति क्षण नभएको बताएको छन् ।


राजधानीमा भइरहेको सभालाई संवोधन गर्दै नेता भट्टराइले ‘हात्ति दुल्वायो भने हात्तीनै हुन्छ मुसो हुदैन’ भन्दै आफूहरुको साइज सानो भएपनि शक्ति नघटेको बताए ।

उनले बाघ दुव्लाएर विरालो हुदैन भन्दै पार्टी केही सानो भएपनि आफुहरुको उत्साह नहराएको बताए । उनले संख्यात्मक बहुमतमा कांग्रेस एमालेले घमण्ड गरेको भन्दै त्यसो नगर्न चुनौति दिए ।

उनले सबै रंगहरुलाई कांग्रेस एमालेले पहिचान नगरेको भन्दै आफ्नो आखाँको अप्रेसन गर्न कांग्रेस एमालेलाई सुझाव दिए ।

नेता भट्टराइले आफूहरुले संविधान चाहेको भन्दै त्यो एक थान खोस्टो नभएको टिप्पणी गरे ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस