Thursday, February 26, 2015

प्रचण्डलाई आफ्नै कार्यकर्ताको चेतावनी

१४ फागुन, सिमरा ।

बाराका एमाओवादी कार्यकर्ताले सिमरा आन्दोलनमा पार्टीले जनाएको ऐक्यबद्दता फिर्ता नलिए १६ गतेको आन्दोलनमा सहभागि नहुने चेतावनी दिएका छन् ।


बुधबार कलैयामा पत्रकार सम्मेलन गरी उनीहरुले पार्टीका प्रवक्ता दिनानाथ शर्माले विज्ञप्ती जारी गरी सिमरावासीको आन्दोलनमा जनाएको ऐक्यबद्धता फिर्ता लिनुपर्ने बताएका हुन् ।

मालपोत र नापी कार्यालयको शाखा सिमरामा स्थापना गर्ने निर्णय सरकारले फिर्ता लिइसकेपछि सिमरामा भएको प्रदर्शनमा पार्टीले जनाएको ऐक्यबद्धता फिर्ता लिनुपर्ने उनीहरुको अडान छ ।

सिमरामा सेवा केन्द्र लैजाने निर्णय बन मास्ने षड्यन्त्रबाट प्रेरित रहेको भन्दै उनीहरुले पार्टीको अडान परिवर्तन नभए संस्थागत रुपमै १६ गते काठमांडौमा हुने शक्ति प्रदर्शन बहिष्कार गर्ने एमाओवादी बाराका सचिव धुरी साहले बताए ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस