टोकियो ,३ फागुन ।
जापान अहिले नेपालीहरुको प्रमुख गन्तव्यको रुपमा रहेको छ । चाहे विद्यार्थी होउन् या प्रशिक्षार्थी कामदार,धेरैको रोजाइ जापान बन्दै आएको छ । एसियाकै सर्व सम्पन्न देश जापानमा रोजगारीको अवसर खोज्दै विभिन्न बाहना र भिसामा आउँन चाहनेको कमी छैन । तयसरी जापान आउँन चाहनेका लागि प्रशिक्षार्थी भिसा उपयुक्र्त र भरपर्दो माध्यमको रुपमा रहेको छ । जिट्को अन्तर्गत नेपालबाट पनि वर्षेनी उल्लेख्य संख्यामा जापानले प्रशिक्षार्थी कामदार ल्याउँने गरेको छ । त्यसैले प्रशिक्षार्थी भिसा भनेको के हो ? यसको प्रक्रिया र फाइदाका बारेमा यहाँ छोटो चर्चा गर्दैछु ।जापान सरकारले जापानको उच्च प्रबिधी एसियाको बिकासन्मुक राष्ट्रहरुमा औद्योगिक बिकासको लागि १९९८ देखी लागु गरिएको प्रशिक्षार्थी प्रणाली हो । प्रशिक्षार्थी भिसा भनेको नेपाल सरकारले जापान सरकारद्वारा निर्धारित गरिएको १२७ किसिमको काममा जापानमा प्रशिक्षणको लागि नेपाल सरकारलेसिफारिस गरिएको औद्योगिक प्रशिक्षार्थीहरुलाई जापानमा बस्न अध्यगमनबाट जारी हुने एक प्रकारको प्रवेशाज्ञा हो । त्यसको अवधि पहिलो पटक १ बर्ष र अर्को पटक नबिकरण गरेर २ बर्ष गरी जम्मा ३ बर्ष तालिममा बस्नको लागि दिने भिसा हो । प्रशिक्षार्थी भिसा प्राप्त गर्न के के कुरा हुनुपर्छ ? जापान सरकारले निर्धारण गरेको १२७ प्रकारको काम मध्ये कुनै एउटा काममा ३ बर्षको अनुभव चाहिन्छ । नेपालको औध्योगिक प्रतिष्ठानले जापानको औद्योगिक प्रतिष्ठानमा आफ्नो कर्मचारीको कार्य दक्षता वृद्धि गराउने उदेश्य खुलाएर प्रस्ताव गर्न सक्नेछ ।
दुबै देशको औद्योगिक प्रतिष्ठानको जनशक्ति पूर्ति र नेपालको औद्योगिक प्रतिष्ठानहरुको उत्पादन क्षमता वृद्धि गर्ने उदेष्य भएका नेपालका कम्पनीहरुले आफ्नो कम्पनीमा कार्यरत कर्मचारीलाई जापानमा पठाउन सक्ने छन् । नेपालको कम्पनीले जापानको कम्पनीमा पठाए पछि कामदारले आफ्नो तालिम अबधीमा कम्पनीको नियम पालना र जापानको सामाजिक नीति, अध्यगमन नियमको पालना गरी आफ्नो करार सके पछि नेपालमा फर्केर आफु कार्यरत कम्पनीको लागि योगदान गर्नुपर्ने छ । प्रशिक्षार्थी भिसामा आउने प्रकिया कस्तो हुन्छ ? नेपालमा आफू कार्यरत कम्पनीको समझदारीमा जापानिज भाषा,संस्कृति, जापानको कम्पनीको नियमहरुबारे ज्ञान हासिल गरेकाहरु मध्येबाट अन्तर्वाता गरिन्छ । कार्य दक्षता, मानवीयता, इमान्दारिता, लगशिलता र अनुशासनको आधारमा छनौत गरेर जापानमा आउने प्रकृया गरिन्छ । प्रशिक्षार्थीहरुको काम कस्तो प्रकृतिका हुन्छन् ? नेपालमा जुन काम गरिरहेको छ त्यही काम सम्बन्धी जापानको कम्पनीमा तालिम हुने भएकोले तरिका फरक होला । कामको गति, उच्च कार्यशैली सिक्ने मात्र भएकोले काम नेपालमा जस्तो गरिरहेको छ त्यस्तै हो । नेपालमा केही काम नगरेकाहरु जापानमा झुक्याएर आए पनि काम गर्न सकेनन् भने आफुलाई आँफैले दुख दिने र कम्पनीको कार्यमा बाधामात्र हुने भएकोले नेपालमा काम नगरेकाहरु प्रकियामा नजाँदा राम्रो । तालिममा आउनेले सम्बसन्धत काम सिक्नै पर्छ । प्रशिक्षार्थीले के सोच रखेर जापान आउँदा राम्रो ? सर्वप्रथम त आफ्नो कार्य दक्षता वृद्धि गर्नको लागि जापान जादैछु भनेर मानसिक र शारीरिक रुपमा तयार हुन आवश्यक छ । आफू सँगै जापानीहरु लगायत अन्य देशको नागरिकहरु पनि कार्यरत हुन्छ । आफ्नो अज्ञानता र कुनै कारणबस कुनै दुर्घट्ना भयो भने आफ्नो एकपटकको जिन्दगी, आफ्नो परिवार र सहकर्मीहरुको समेत जिन्दगी दाउमा पर्न सक्छन् । भाषा समस्याले कुनै पनि कुराको अर्थको अनर्थ बुझ्न गयो भने कुनै पनि बेला दुर्घट्ना हुन सक्छ । त्यस्तो नहोस् भन्नको लागि कम्पनीमा काम सम्बन्धी हुने कुराकानीहरु सिक्न आवश्यक छ । एक पटक जापान आए पछि तितो अनुभव लिएर नेपाल फर्कनु राम्रो कुरा होइन । प्रशिक्षार्थीहरुको लागि जापान कस्तो छ ? जापानमा पनि बिभिन्न स्वभावका मान्छेहरु छन । संकुचित भावना भएका मान्छेहरु नभएका होइन । नेपालीहरुलाई धेरै माया गर्छन् तर नेपालबाट थोरै मात्र आईपुगेका केही गलत नियतका औद्योगिक प्रशिक्षार्थीहरुको गैरकानुनी बाटोमा लागेको तथ्याङक सार्वजनिक भएको अवस्था छ । चीनबाट वार्षिक १ लाख भन्दा बढी औद्योगिक प्रशिक्षार्थीहरु आउँछन् । उनीहरु पनि गैरकानुनी बाटोमा नलागेको होइन । १ लाखजनामा ५०० जना गलत भए पनि त्यो तथ्याङकमा देखिदैन तर नेपालीहरु वार्षिक ५ जना पनि नआउँदै ५०० जना नै गैरकानुनी बाटोमा लागिदिदा शतप्रतिसत बदमास भन्ने सन्देश गएको छ । नेपाल सरकारको सम्बन्धित निकायले औद्योगिक प्रशिक्षार्थीहरुलाई तालिम दिनको लागि अलग्गै तालिम केन्द्रहरुलाई ब्यबस्थित गर्न सकियो भने नेपाली औद्योगिक प्रशिक्षार्थीहरुको लागि जापानमा धेरै अवसर छ ।नेपाली औद्योगिक प्रशिक्षार्थी जापान पठाउने नयाँ प्रक्रियालाई यसरि चित्र सहित हेर्न सकिन्छ ।
( लेखक शाक्य नेपालबाट कामदार लैजानका लागि जापान सरकारको मातहतमा रहेको जापान अन्तर्राष्ट्रिय प्रशिक्षण समन्वय संस्था ‘जिटको’ बाट आधिकारिक रूपमा निकुक्त एजेन्ट नेपाल ह्युमन डेभलपमेन्ट कम्पनी सम्बद्ध नेपालबाट प्रमाणपत्र पाउने पहिलो आधिकारिक प्रशिक्षार्थी हुन् ।)
sahayatree.कम बाट