अस्पतालको शौचालय जाम भएपछि शौचालयको सफाई गर्दा बच्चाको शव फेला परेको अस्पतालले जनाएको छ । १२ हप्तासम्म गर्भबोकेको महिलाले औषधी तथा मेसिन प्रयोग गरेर गर्भपतन गराउन पाउने सुविधा नेपालमा रहेतापनि बाहिरबाट अस्पतालमा सेवा लिन महिलाले औषधीको दुरुपयोग गरेर बच्चालाई शौचालमा फालेको अस्पतालले जनाएको छ ।
तालिम प्राप्त स्वास्थ्यकर्मीको सल्लाहले ७/८ हप्ता भित्रसम्मका गर्भपतन औषधी प्रयोग गरेर गर्न पाईने अस्पतालका सुपरिटेन्डेड डाक्टर नुरुलहोदाले बताउँदै बच्चा कसले फालेको भन्ने विषयमा केहि जानकारी नरहेको बताए । फेला परेको बच्चालाई प्रहरीलाई जिम्मा लगाई पोष्टमार्टमको प्रक्रियामा राखेको डाक्टर होदाले जानकारी दिए ।
गर्भपत गराउँदा स्वास्थ्यकर्मीको सल्लाहले बच्चाको साईज र गर्भ रहेदेखिको समय पत्ता लगाई मात्र औषधी तथा मेसिनको प्रयोगले गर्भपतन गराउने नेपालमा सुविधा रहेकोमा बिना स्वस्थ्यकर्मीको सल्लाहले औषधीको दुरुपयोग गरेर गर्भपत गर्दा बढि रक्तश्रावका कारण महिलाको ज्यान जोखिममा पर्न सक्ने डाक्टर होदाले बताए ।