Thursday, February 26, 2015

अफगानिस्तानमा हिम पहिरोमा १०८ जनाको ज्यान गयो

१४ फागुन, एजेन्सी ।


अफगानिस्तानमा भारी हिमपात भएपछि हिम स्खलन हुँदा कम्तिमा १०८ जनाको ज्यान गएको छ । अधिकारीहरुले मरनेहरुको संख्या अझै बढ्न सक्ने बताएका छन् ।



राजधानी काबुलबाट उत्तरी दिशामा पर्ने पञ्जशिर प्रान्तमा हिम पहिरो गएको बताइएको छ ।

हिमपातका कारण सडकहरु पनि बन्द भएको बताइएको छ । त्यहाँ उद्दारको काम समेत प्रभावित भएको समचारमा जनाइएको छ ।

त्यसैगरी अन्य प्रान्तमा पनि हिमस्खलनमा थुप्रै घर बगेका बताइएको छ ।

पञ्जशिर प्रान्तमा मात्र १०० भन्दा बढी घर बगेका छन् । राजधानी काबुल देखि करिव १०० किलोमिटर क्षेत्रमा पर्ने स्थलमा यो दुर्घटना भएको हो

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस