मुटुरोग विशेषज्ञ डा. भारत रावतले पूर्वराजा ज्ञानेन्द्र शाह लक्की रहेको बताएका छन् । डा. राउतले हृदयघात भएका पूर्वराजा लक्की भएकाले चिकित्सकको सम्पर्कमा आएको र नयाँ जीवन पाएको बताएका हुन् ।
पूर्वराजालाई हृदयघात भएको खबर सुन्दा आफू फिल्म हेरिरहेको भन्दै डा. राउतले खबर सुन्नासाथ निर्मल निवास पुगेको र आवश्यक चेकजाँच गरेको बताएका थिए ।
उनले भने, ‘पूर्वराजालाई हृदयघात भन्नेबित्तिकै मिडियामा सनसनी फैलिएको थियो । तर, त्यतिबेला उहाँको अवस्था त्यति अप्ठेरो थिएन । पूर्वराजा यसमा निक्कै लक्की हुनुभयो । उहाँले बिहानदेखि पाखुरा दुख्दा मुटुको समस्या हो कि भनेर डा किशोरलाई बोलाउनुभयो । सुताइ नमिलेर, बसाइ नमिलेर वा अन्य कारणले सामान्य दुखेको होला भनेर बसेको भए उहाँ पनि ढल्लने अवस्थामा पुग्नुहुन्थ्यो । तर, भाग्यवश समयमै सही चिकित्सकको निगरानीमा पुग्नुभयो ।’
शाह परिवारमा हृदयघातको समस्या बंशाणुगत भएको र त्यसमाथि धूम्रपान, मध्यपान र मानसिक तनावसमेत बढ्दै जाँदा हृदयघात भएको डा. रावतको निष्कर्ष छ । उनले भने, ‘मैलै पूर्वराजालाई धुम्रपान त्याग्न सल्लाह दिएको थिएँ । सायद अहिले उहाँ कडा अनुशासनमा बस्नुभएको छ ।’ यो समाचार नयाँ पत्रिकाले छापेको छ ।