विभिन्न अध्ययनले शरीरमा यूरिक एसिडको मात्रा बढी हुनुका कारण फरक–फरक देखाएका छन् । पहिलो हो युरिक एसिड सामान्य भन्दा बढी शरीरमा उत्पादन हुनु । दोस्रो, मृगौलाबाट पिसाब भएर शरीरबाट निस्कनु पर्ने मात्रामा कमी हुनु र फलस्वरुप रगतमा युरिक एसिडको स्तर उच्च हुनु । तेस्रो, मिश्रित कारण भनेको भोजनमा युरिक एसिड बन्ने कुरोको औधी सेवन गर्नु, रक्सीको सेवन धेरै गर्नु, लामो समयसम्म भोको बस्नु हो । यो अवस्थामा एकैपल्ट दुईवटा कुराले युरिक एसिडको स्तर रगतमा उच्च पार्न ठूलो सहयोग पु¥याउछ । त्यो हो युरिक एसिडको शरीरमा उत्पादन प्रचुर मात्रामा पनि हुनु र साथै मृगौलाले सामान्य अवस्थामा पिसाव भएर निष्कासन गर्नु पर्ने युरिक एसिडको पनि मात्रामा ह्रास आउनु । फलस्वरुप रगतमा युरिक एसिडको स्तर बढ्ने गर्दछ । भोको अवस्थामा मृगौलाबाट ‘किटोन’ भन्ने पदार्थ निष्कासन हुन थाले त्यसले युरिक एसिडको निष्कासनमा ज्यादै बाधा पु¥याएर रगतमा युरिक एसिडको स्तर उच्च गर्दछ । रक्सी, खास गरेर बियरले, शरीरमा पानीको अभाव गरेर युरिक एसिडको मात्रा बढाउँछ । प्रा. डा. अर्जुनदेव भट्ट, वरिष्ठ कन्सल्टेन्ट युरोलोजिष्ट, मेडिकेयर नेशनल हस्पिटल
कुन कुन कारणले रगतमा युरिक एसिडको मात्रा बढ्छ होला ? – गिता खनाल