चितवन, माघ ३–गैडाको खाग तस्करी गरि फरारको सुचिमा रहेका भक्त राज गिरी भनिने राजकुमार प्रर्जा पक्राउ परेका छन् ।
लामो समयदेखी फरार रहेका प्रजालाई इन्टरपोलले रेड नोटिस जारी गरि मलेसिया बाट पक्राउ गरेको हो ।
मलेसियन प्रहरीको सहयोगमा पक्राउ परेका प्रजालाई आईतवार चितवन राष्ट्रिय निकुन्जले सार्वजनिक गरेको छ ।
टक पटक गैडा मार्ने र खाग तस्करी गर्ने गरेको आरोप लागेका र फर्जि नागरिकता एवम् राहदानी वनाई लुकीछिपी वसिरहेका राजकुमारलाई पक्राउ गर्न इन्टरपोलले रेड नोटिस जारी गरेको थियो ।
गत माघ १६ गते मलेसिया प्रहरीले उनलाई पक्राउ गरी २५ गते काठमाण्डौ पठाएको थियो । २०६१ सालदेखि प्रहरी र निकुन्ज प्रशासनको सर्वाधिक खोजीमा रहेका राजकुमारले हालसम्म २० वटा गैडा मारी खागको तस्करी गरेको आरोप छ ।
निकुञ्जका अनुसार उनले थप ५ गैडा मार्न प्रयास गरेको र दुईवटा अरुले मारेको गैडाको खाग तस्कर गरेका हुन् ।
आईतवार निकुन्ज मुख्यालय कसरमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो तस्करीलाई स्वीकार समेत गरेका थिए ।
चितवनको पहाडी गाविस कोराकको कालिखोला घर भएका राजकुमारले २०६७ जेठ १० गते गोर्खा जिल्लावाट भक्तराज गिरीको नाममा नक्कली नागरिकता वनाई सोही आधारमा राहदानी वनाएर मलेसिया गएको निकुन्ज प्रशासनले जनाएको छ ।
निकुन्ज प्रशासनका अनुसार वन्यजन्तु अपराधमा संलग्नलाई पक्राउ गर्न पहिलो पटक रेड कर्नर नोटिस जारी गरिएको हो । राजकुमार पक्राउ पर्नुलाई निकुन्ज प्रशासनले तस्करीको समाप्ति भएको समेत दावी गरेको छ ।
वन्यजन्तु ऐनमा वन्यजन्तुको चोरी शिकारी वा तस्करी गर्नेलाई १५ वर्ष कैद र १ लाख रुपैया जरिवाना तय गरेको छ । राजकुमारको सन्र्दभमा निकुञ्जमा १५ वटा मुद्धा रहेको र ५ वटा फैसला भईसकेको निकुञ्ज प्रसासनले जनाएको छ ।
यस विषयमा थप अनसन्धान जारी रहेको कारबाही प्रक्रियाबारे केहिभिन भित्रै निर्णय गरिने निकुन्जका सूचना अधिकारी टिकाराम अधिकारीले जानकारी दिए ।
राजकुमार प्रजाको आमा र बुबा बाहेक सपरिवार गैडा मारेको आरोपमा जेल जिवन बिताईरहेका छन् ।
www.ratopati.com