के हुन्छ भकभकाउँदा
यस्तो समस्या भएका व्यक्तिले बोल्ने क्रममा पहिलो शब्द उच्चारण गर्दा नै कठिनाई महसुस गर्छन् । जिब्रो मुखतिर धकेलिन्छ र मुखको मांसपेशीमा स्वतः संकोच आउछ जसका कारण बोल्नका लागि झट्का लगाउनुपर्ने हुन्छ । यो यस्तो मानसिक कुण्ठाको रोग हो, जसलाई कि त स्वयम् पीडितले सम्झन्छ, कि चिकित्सकले । भकभकाउने समस्याका कारण मानिसको स्वभाविकमा असर गर्छ । यद्यपि उनीहरु मानसिक रुपमा भने सक्षम नै हुन्छन् ।
किन हुन्छ ?
वंशाणुगत कारणले पनि भक्भकाउने हुन सक्छ
भक्भकाउने नक्कल गर्दागर्दै बानी पर्न सक्छ
चाँडो चाँडो बोल्ने बानी
तनाव या घबराहटको स्थिति
उपचार के ?
सामान्य भकभकाउने बानीलाई नियमित अभ्यास वा प्रशिक्षणद्वारा समाधान गर्न सकिन्छ । तर, मानिस पूर्ण रुपमा बोल्न नसक्ने गरी या कुण्ठित हुने गरी समस्या बढ्दै गयो भने चिकित्सकको सहायता लिनुपर्छ, यसका लागि स्पीच थेरापी गराउने थुप्रै संस्थाहरु छन् । थेरापी गर्दा कति समय लाग्छ भन्ने कुरा बिरामीको अभ्यासमा भर पर्छ । यसमा बिरामीको बाबुआमाको पनि महत्वपूर्ण भूमिका हुन्छ ।
के गर्ने ?
बिस्तारै बोल्ने अभ्यास गर्ने
शब्द उच्चारणमा ध्यान दिने, किनकि शब्द नै बोलीको मुख्य आधार हो
भक्भकाए पनि बोलिरहने तथा पढ्ने अभ्यास गर्ने
बच्चा या वयस्कलाई अनावश्यक विचार मनमा आउन नदिने
भक्भकाउने मानिसलाई हँसीमजाकको मात्र बनाउने प्रवृत्ति छ, त्यसो गर्नुहुँदैंन, बरु उसलाई प्रेम,स्नेह दिनुपर्छ । शरीरमा पौष्टिक पदार्थको कमीका कारण पनि बच्चाहरु भक्भकाउने गर्छन्।
आयुर्वेदमा यसका लागि केही औषधिको सिफारिस गरिएको छ ।
१. बच्चालाई ताजा हरियो अमला दिनहु चपाउन दिनुहोस्, यसबाट जिब्रो पातलो हुन्छ र मुखको गर्मी पनि कम हुन्छ, यसबाट भक्भकाउन कम हुन्छ ।
२. बिहान सबेरै मख्खनमा मरिचको धुलो मिसाएर चटाउने हो भने केहीदिनमै भक्भकाउने बन्द हुन्छ ।
३. तेजपातलाई जिब्रोको मुनी राख्दा पनि यो समस्या कम हुन्छ
४. यो समस्याबाट पीडितले चिया, कफी, मैदा, रिफाइण्ड पदार्थ तथा डिब्बाबन्द पदार्थ दिनुहुँदैंन ।
५.नुन पानीमा दैनिक नुहाउने गर्नाले पनि भक्भकाउने बन्द हुन्छ।
६.दैनिक व्यायाम गरेर मांसपेशीलाई मजबूत बनाउनुपर्छ ।
७. दैनिक नियमित व्यायाम गर्नुपर्छ ।
भक्भकाउने समस्याबाट विश्वका वयस्क जनसंख्याको १ प्रतिशत प्रभावित भएको अनुमान गरिएको छ ।