Saturday, February 28, 2015

मोर्चाको प्रदर्शनले राजधानी अस्तव्यस्त

काठमाडौं, फागुन १६
एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाका राजधानीमा गर्ने भनिएको वृहत आमसभाका कारण काठमाडौंको सवारी अस्तव्यस्त भएको छ।
मोर्चाका कार्यकर्ताहरु ठाउँ ठाउँमा जम्मा हुने र र्‍याली सहित सभास्थल खुलामञ्च जाने भएकाले काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित भएको हो ।
आन्दोलनकारीको जमघटले राजधानीका मुख्य चोक चावहिल, गौशाला, कोटेश्वर, सातदोबाटो, कलंकी, बालाजु, नयाँ बसपार्कमा मोर्चाका कार्यकर्ताहरुले जुलुस निकालेकाले सडक अस्तव्यस्त छ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस