यस्तो महँगो खाना के को होला भन्ने कौतुहलता तपाईमा सिर्जना भयो होला । यो खाना माछाको अन्डाको हो । माछाको अन्डामा २२ केरेट सुन लेपन गरिएको यो खान धनीहरुको प्रिय खाना बनेको छ । उनीहरु ४० लाख तिरेर यो खाना चाख्छन् ।
यस परिकारको नाम ‘ह्वाइट गोल्ड एलबिनो केभियर’ राखिएको छ । यो परिकार तयार गर्ने अस्ट्रियाका माझी वाल्टर ग्रुएल हुन् । एक किलो अन्डा तयार गर्न पाँच किलो दुर्लभ एलबिनो माछा आवश्यक रहेको वाल्टरले बताएका छन् । एक किलो ह्वाइट गोल्डको झन्डै तीन करोड पर्ने बताइएको छ ।–एजेन्सी
भिडियो हेर्न तल क्लिक गर्नुहोस :