Friday, February 13, 2015

महिलाहरु जीवनसाथीबाट कस्ता कुरा सुन्न चाहन्छन ?

तिमी मेरो पहिलो प्रेमिका हौ : महिला सधैं आफ्नो पे्रमी वा श्रीमान्को जीवनमा अरू कसैसँग पनि सम्बन्ध नभएको होस् भन्ने अपेक्षा राख्छन्। त्यसैले तपाईंले पे्रमिका वा श्रीमतीलाई सधैं उनीसँगमात्रै प्रेममा हुनुहुन्छ भन्ने कुराको विश्वास दिलाउनुपर्छ। यसले तपाईंको सम्बन्धलाई दिगो बनाउन सहयोग गर्छ।

तिमीलाई पाएर भाग्यमानी भएको छु : ‘सायद तिमीलाई नपाएको भए म एक्लो हुने थिएँ। तिम्रो आगमनले मेरो जीवनलाई सुन्दर बनाएको छ।’ यस्तै वाक्यले आफ्नो जीवनसाथीको मन जित्न सकिन्छ। उनको उपस्थितिले जीवन सार्थक भएको र उनी तपाईंको लागि भाग्यमानी सावित भएको पनि बताउनु राम्रो हुन्छ।
तिमी एकदम सुन्दर देखिएकी छौ : तिमी सुन्दर देखिएकी छौ भनेको अरू कसैबाट सुन्दा महिला एकदमै खुसी हुन्छन्। महिलाको सुन्दरता, पहिरन, काम र व्यावसायिकताको बारेमा तारिफ गर्नुपर्छ। तिमीले एकदमै मीठो खाना बनाउँछ्यौं भनेको सुन्दा पनि उनीहरू रमाइलो मान्छन्। कसैको मुखबाट आफ्नो प्रशंसा सुन्दा उनीहरू दंग पर्छन्। तिमी यो पहिरनमा भर्खरकी र साह्रै राम्री देखिएकी छौ भनेको उनीहरू सुन्न चाहन्छन्।
तिमी मेरो लागि साह्रै महत्त्वपूर्ण हौ : तपाईंको प्रेमिका वा श्रीमतीलाई महत्त्व दिँदै आफूले महसुस गरेका कुरा उनलाई सुनाउनुहोस्। मेरो सुखदु:खका साथी हौ : उनी तपाईंको लागि प्रेमिका वा श्रीमतीमात्र नभएर एक असल साथी पनि भएको बताउनुहोस्। उनी तपाईंको जिन्दगीमा धेरै मूल्यमान् भएको र तपाईंको सुखदु:ख र हरेक निर्णयमा उनको सहभागिता अपरिहार्य छ भन्ने महसुस गराउनुहोस्।
‘आई लभ यु’ : महिला यी तीन जादुमय शब्द सुन्न सधैं लालायित हुन्छन्। त्यसैले उचित समय र परिस्थिति पारेर आफ्नो जीवनसंगीलाई ‘आई लभ यु’ भन्ने गर्नुहोस्। यसले तपाईंको लभ लाइफलाई रोमान्टिक बनाउँछ।
www.rastriyakhabar.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस