चट्याङ लागेर वाकु– १ का ४१ वर्षीय दण्डीप्रसाद घिमिरे, वाकु– १ कै ११ वर्षीया अनिशा राई र ३२ वर्षीय रमेश विकको मृत्युभएको प्रहरी नायब उपरीक्षक चन्द्रदेव राईले जानकारी दिए ।
त्यस्तै चट्याङ लागेर पूर्णबहादुर घिमिरे घाइते भएको प्रहरीले जनाएको छ । गाविसमा वितरीत ११ किलोवाट क्षमताको पावरहाउस नजिकै चट्याङ परेको थियो । रासस