Wednesday, February 4, 2015

उडेको ३ मिनेटमा नै जहाज खस्दा ९ जनाको मृत्यु

एजेन्सी । ताईवानको राजधानी ताईपेई विमानस्थलबाट उडेको जहाज उचाई लिन नपाउँदै फिल्मी शैलीमा सडक र पुल भत्काउँदै दुर्घटनाग्रस्त भएको छ । विमानस्थलबाट उडेको ३ मिनेटमा नै दुर्घटनाग्रस्त विमानमा सवार कम्तीमा ९ यात्रुको ज्यान गएको बिबिसीले जनाएको छ ।

 ५८ जना यात्रु सवार ट्रान्स एसियाको सो विमान किलुङ नदीमा खसेर दुर्घटना भएको बताइएको छ । जहाजमा २ बालबालिकासहित ९ जनाको ज्यान गएको अन्तराटिय संचार संस्थाहरुले जनाएका छन् । स्थानीय समयअनुसार १० बजेर ५५ मिनेटमा उडेको विमान फ्रान्सेली–इटालीयन कम्पनीले बनाएको एटीआर ७२–६०० डबल इन्जिन भएको भए पनि दुर्घटना हुनुको कारण भने खुलेको छैन ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस